
राजपुर, ११ माघ। राजपुरको शिव सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा विद्या प्रसाद यादव निर्वाचित हुनु भएको छ ।
अध्यक्ष पदका लागि ३ उम्मेद्वार चुनाबी मैदानमा थिए । जसमध्ये बिद्याले आफ्ना निकट्तम् प्रतिद्वन्द्वी लालबहादुर यादबलाई २७ मतले पछि पार्दै बिजयी भएका हुन । लालबहादुर (चुनाब चिन्ह घोडा) ले १ सय ३१ मत प्राप्त गर्दा बिद्या (चुनाब चिन्ह सुगा) ले १ सय ५८ मत प्राप्त गर्नु भएको थियो। त्यस्तै अध्यक्षका अर्का उम्मेद्वार रण बहादुर यादब (चुनाब चिन्ह खरायो) ले ४ मत मात्र पाउनु भयो।
त्यस्तै सचिबमा तारावती यादब बिजयी हुनु भएको छ । उहाँले सुगा प्यानलकि सरस्वती यादबलाई ४ मतले पछि पार्नुछ भयो । तारावती ( चुनाव चिन्ह घोडा) ले १ सय ४५ मत प्राप्त गर्दा सरस्वतीले १ सय ४१ मत पाउनु भयो । कोषाध्यक्षमा भने सुगा प्यानलका सुवास यादब बिजय हुनु भएको छ ।
उहाँ घोडा चुनाव चिन्ह प्यानलका धनिराम तेलीलाई ५७ मतले पछि पार्दै बिजयी हुनु भएको छ । सुवासले १ सय ७४ मत पाउँदा धनिरामले १ सय १७ मत मात्र पाउनु भयो । उपाध्यक्ष पदमा भने सन्तोष कुमार यादब सँगै सह-सचिवमा रामवरण यादव, सदस्यहरुमा प्रभावती यादव, सति चमेला हरिजन, सुनिता यादव र रिता चौधरी निर्विरोध निर्वाचित हुनुभएको हो।
निर्बाचन अधिकृत राम वरण यादबका अनुसार समुहमा ३ सय १२ मतदाता छन् । सतप्रतिशत मत खस्न सफल भएपनि ६ मत बदर भयो भने ३ सय ६ मत सदर भएको छ ।
राजपुर गाउँपालिका ३ खरदरिया स्थित रहेको शिव सामुदायिक बनले लमही नगरपालिका वडा नम्बर ७ र ८ का आंसिक क्षेत्र तथा बस्तीहरु पनि ओगटेको छ ।





