गढवा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

आलोक भावुक

गढवा, ८ माघ। देउखुरीको गढवा गाउँपालिकाले आइतवार वडा नम्बर ८काे वडा कार्यालय कोइलाबासबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाे वडा नम्बर ८ सिमानाकामा क्षेत्रमा रहेको र सेवाग्राहीहरु गढवा बजारमा रहेको कृषि बिकास बैंकमा आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तर बाटै सेवा दिएको हो । 

वडा नं ८ कोईलाबासका ७९ वर्षीय अनिसुलरहमान सिद्दिकीले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताउनु भयो । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन बैंकसम्म जान भने धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकाे छु तर भत्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।” बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नु परेको उहाँले अनुभव सुनाउनु भयो ।

सामाजिक सुरक्षा भत्ता लिन कोइलाबास लगायत अन्य वडा बाट गढवा बजार आउदा वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या परेको देखे पछी गढवा गाउँपालिकाले बैंकहरु संग सहकार्य गरेर वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति अनुसार बैकहरुले बिकट ठाउँमा वडा स्तर बाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गढवा गाउँपालिका वडा नम्बर – ८ का वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID