
गढवा, ७ माघ । गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गढवा – १ बडहरामा सञ्चालन भएको छ।
गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अन्नतराज रेग्मीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
निशुल्क शिविरमा पशुपंक्षी तथा मत्स्य विकास शाखाका कर्मचारी, प्राविधिक तथा स्थानीय पशुपालक तथा कृषकहरुको उपस्थिति रहेको थियो।
शिविरमा गाई र भैंसी गरी पाँच सय र बाख्रा लगभग एक हजारको संख्यामा चेकजाँच गरिएको द्रोपदा रेग्मीले जानकारी दिनुभयो।कार्यक्रममाको सञ्चालन खेम चौधरीले गर्नु भएको थियो।
मा प्रकाशित
