प्रेस चौतारी दाङले रक्तदान कार्यक्रम गरी माघ २२ गते स्थापना दिवस मनाउने

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ७ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ ।

प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षता तथा संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता शनिबार घोराहीमा बसेको बैठकले माघको २२ गते तुलसीपुरमा रक्तदान कार्यक्रम सहित स्थापना दिवस भव्य रुपमा बनाउने निर्णय गरेको छ ।

यसैगरी, प्रेस चौतारी नेपाल दाङ शाखामा स्थापना भएका अक्षयकोष तथा पुरस्कारहरु व्यवस्थापनका लागि उपाध्यक्षद्वय प्रेमबहादुर राम्जा र सुधासुमन ढकाल, कोषाध्यक्ष गोकर्ण पौडेल र सहसचिव एकराज भण्डारी सम्मिलित समिति गठन गरिएको छ ।

यसैगरी बैठकले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला गिरीलाई बधाई सहित पार्टीबाट समानुपातिक प्रतिनिधि सभा सदस्य भएका मेनका पोख्रेल, आश्मा चौधरी र प्रदेश सभा सदस्यहरु सीता चौधरी र रेखा शर्मा बधाई ज्ञापन गर्दै समग्र दाङको हीतका लागि काम गर्न नेतृत्वदायी भूमिका लिन पनि अनुरोध गरेको छ ।

एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरी लगायत नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सम्मान गर्ने निर्णय गरिएको जिल्ला सचिव किरण गौतमले जानकारी दिएका छन् ।

बैठकले संगठनका सल्लाहकार रन्जिता शर्मा संगठनको लुम्बिनी प्रदेश कमिटीको सचिव र संगठनका नेता सुदर्शन रिजाल प्रदेश कमिटी सल्लाहकारमा मनोनित भएकोमा बधाई ज्ञापन गरेको छ । यसैगरी बैठकले त्रिभुवननगर जेसीज वर्ष २०२३ को महासचिवमा संगठनका जिल्ला सचिव किरण गौतम र कोषाध्यक्षमा साधारण सदस्य टंक रावत ‘अनन्त’ निर्वाचित हुनुभएकोमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बैठकमा संगठन सुदृढीकरणसँगै आगामी कार्ययोजना लगायत विषयमा पनि छलफल भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वनमा आएकाले राप्ती उपत्यका देउखुरीमा प्रेस चौतारी नेपालको भूमिका बढाउने सन्दर्भमा पनि वृहत छलफल भएको छ ।

यसैगरी, संगठनलाई थप बलियो बनाउन पालिका तहसम्मका संगठनलाई चलायमान बनाउन योजनावद्ध रुपमा कार्यक्रम गर्दै लैजाने तयारी भएको छ । बैठकमा प्रेस चौतारी प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, लुम्बिनी प्रदेश सहईन्चार्ज टीका बस्नेत, प्रेस चौतारीका जिल्ला ईन्चार्ज गणेश आचार्य, केन्द्रीय सदस्य सन्तोष दहित, सन्तोष कुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID