एकीकृत अखिल नेपाल शिक्षक संगठन गढवाको चौथो गाउँ अधिबेशन सम्पन्न

अध्यक्षमा गोविन्द केसी चयन

आलोक भावुक/पुष्पा पौडेल

गढवा, ७ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठनको चौथो गाउँ अधिवेशन शनिबार गढवा-४ प्रसेनीमा सम्पन्न भएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन गढवा गाउँपालिकाका अध्यक्ष गोबिन्द केसीको सभापतित्व तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्य एवम् माधव महराको र बिरेन्द्र कुमार चौधरीको बिशिस्ट आतिथ्यमा चौथो अधिवेशन सम्पन्न भएको हो।

‘सम्पुर्ण मुक्तिकामी शिक्षक- कर्मचारी एकजुट हौ’ भन्ने नाराका साथ एकीकृत अखिल नेपाल शिक्षक संगठनको गढवा गाउँपालिकाको आयोजनामा दिपेन्द्र होमजुन माध्यमिक विद्यालय प्रसेनीमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि निर्मल आचार्यले जिम्मेवारीपूर्वक संगठन र शैक्षिक क्षेत्रको दायित्व निर्वाह गर्न आग्रह गर्नु भयो।

समपन्न चौथो अधिवेशनले गोबिन्द केसीको अध्यक्षता १५ सदस्यीय नयाँ पालिका स्तरीय कमिटी गठन गरेको छ। जस्को बरिष्ठ उपाध्यक्षमा ओम प्रकाश ज्ञवाली, उपाध्यक्षमा कुल बहादुर हमाल, महिला उपाध्यक्षमा रिता शर्मा, सचिवमा मंगल प्रसाद थारु कुमाल, कोषाध्यक्षमा जय बहादुर चौधरी र सदस्यहरूमा शेर बहादुर चौधरी, जमुना सुवेदी, कमला केसी,अमर सिह थापा, शंकर सुनार, बिष्णु बोटे, गणेश बस्नेत, केशव शर्मा र लेनिन आरके रहनु भएको छ ।

साथै अधिवेशनले माघ २८ गते हुन लागेको जिल्ला सम्मेलनको लागि गढवा गाउँपालिका बाट ८ जना प्रतिनिधि पठाउने निर्णय गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन गढवा गाउँपालिका कमिटीले जानकारी दिएको छ। जिल्ला सम्मेलनको प्रतिनिधिहरुमा शोभाराम यादव, भागिरथी शर्मा, गोबिन्द केसी, ओम प्रकाश ज्ञवाली, कुल बहादुर हमाल, रिता शर्मा, मंगल प्रसाद थारु कुमाल र जय बहादुर चौधरीले प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा बिष्णु भण्डारी, हुकुम बहादुर बुढाथोकी, हरि प्रसाद यादव, राम प्रसाद जैसी, बिरेन्द्र कुमार चौधरी लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रम प्रदेश कमिटी सदस्य बिष्णु खनाल, हरी यादव, राम प्रसाद गैरे, हुकुम बहादुर बुढाथोकी, बिष्णु भण्डारी, शेम लाल मल्ल, प्रेस सेन्टर नेपाल गढवा शाखाकी अध्यक्ष पुष्पा पौडेल लगाएतकाको उपस्थिति रहेको थियो।

रिता शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन मोहन राज भुसालले गर्नु भएको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID