शुभतारा स्कुल गढवाले राष्ट्रपति रनिङशिल्ड विजेता खेलाडी सम्मान 

आलोक भावुक

गढवा,११ माघ । शुभ तारा इङ्लिस बोर्डिङ स्कुल गढवाले , गढवा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताम बिजेता खेलाडीहरुलाई आईतबार सम्मान गरेको छ।

गढवा गाउँपालिकाको आयोजनामा माघ ८ गते सरस्वती माध्यमिक विद्यालय, विद्यानगर गोबरडिहामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङशिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा सहभागी भई समग्र नतिजामा विद्यालयलाई द्वितीय स्थान दिलाउन सफल खेलाडीहरूलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो।

आईतबार विद्यालयका प्रिन्सिपल विकास रजौरे, भाइस प्रिन्सिपल र अन्य शिक्षक सहितले टीका , खादा , पदक, प्रमाणपत्रले सम्मान गरिएको थियो विद्यालयका शिक्षक चेतनाथ पौडेल ले जानकारी दिनुभयो ।

शुभतारा इङ्लिस बोर्डिङ स्कुल गढवा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण ३ रजत र ८ कास्य गरी १७ वटा मेडल हात पार्न सफल भई द्वितीय हुन सफल भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']