पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ?

गणतन्त्रनेपाल समाचारदाता, दाङ

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो।

यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो।

नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको थियो।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको भन्दै विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाएको हो।

विभागका अनुसार बढेको भाडा जेठ ११ गतेबाटै लागू हुनेछ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको हो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']