गुण्डुको बिहान, शब्दको आकाश

आलोक भावुक

भक्तपुरको गुण्डु छिरेँ पहिलोपटक,

दक्षिण- पूर्वतिर हरियो पहाडले बोलायो नजिकै,

उत्तरतिर हिमालले सेतो मुस्कान छर्यो,

हावाले स्याहार्दै भन्यो  “यहाँ बस, लेख एकछिन तिमीकै ।”

स्थानीय हाँसोले बाटो सजायो,

सयपत्री जस्तै सरल उनका अनुहार,

मिलनसार मनहरूको त्यो स्पर्शले

मेरो यात्रामा नयाँ ऊर्जा, अनि देश बनाउने अभिभार l

त्यहीँ, गुण्डुको न्यानो छायाँभित्र,

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो,

मैले सम्हालेका उपन्यासका पानाहरुले,

उहाँको हातमा पुगेर नयाँ अर्थ दिन थाल्यो l

“यहीँ बस, यही काखमा शब्दहरू फुलाउ,”

उहाँको अनुरोध बगरमा वर्षाजस्तै झर्यो,

कविता लेख, कथा जन्माउ भनी

प्रेरणाले मनको बिहान फेरि चम्कायो।

गुण्डुको हावा अब पनि फुसफुसाउँछ—

“फर्केर आऊ, तिमीलाई शब्दले बिर्सिएका छैनन्,

यहीँबाट सुरु हुन्छ अर्को यात्रा,

जसलाई तिमीले नयाँ लुगा जस्तै नयाँ रूप दिनुछ ।”

देश बनाउने अभियानलाई सार्थक बनाउनु छ l

अप्ठ्याराहरूलाई चिर्दै पुनः नयाँ इतिहास लेखाउनु छ ।

मलाई विश्वास छ अध्याराहरू चिरिनेछन्, बिहानी हुनेछ ।

सूर्य फेरि उदाउने छ ।

भक्तपुरको गुण्डुले,

यस्तै सन्देश दिइरहेको छ, दिइरहेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']