
गढवा, २४ साउन । दाङको गढवा गाउँपालिकाले नागपञ्चमी गुडिया, गुरही पर्वको दिन पालिका भर अत्यावस्यक सेवा बाहेक सार्वजनिक बिदा दिएको छ ।
गढवा गाउँपालिका गाउकार्यपालिकाको निर्णय अनुसार मिति २०८१ साउन २५ गते नागपञ्चमी, गुडिया, गुरही पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
भोली शुक्रवार नाग पञ्चमी तथा थारु समुदायले मनाउने गुरही तथा मधेसी समुदायले मनाउने गुडिया पर्वको अवसरमा गाउँपालिकाले सुचना जारी गरि सार्वजनिक बिदा दिएको हो ।
उक्त सुचनामा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा विद्यालय लगायत गाउँपालिकाको मातहतका निकायहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द रहने गरी स्थानीय सार्वजनिक बिदा दिएको उल्लेख छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





