गढवाको ५ नं. वडामा न्यायिक इजालास कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, १० वैशाख । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सोमबार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले न्यायिक समितिको काम कर्तव्य र अधिकार क्षेत्रको विषयमा गढवा गाउँपालिका बासीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम सुरु गरेको बताउनु भयो । गाउघरको स-साना बादबिबादलाई बिना पैसा पालिकामा बोलाएर मेलमिलाप गराउने गरेको बताउनुभयो। न्यायिक इजालासको मुख्य काम छुटाउने नभएर जुटाउने रहेको बताउदै जटिल प्रकृतिका मुद्दामा समेत समन्वय गरेर मेलमिलाप गराउने कोसिस गर्ने गरेको बताउनु भयो ।गढवा गाउँपालिका न्यायिक समितिले १८ वर्ष सम्मको मुद्दा पनि मेलमिलाप बाट समाधान गरेको बताउदै फौजदारी मुद्दा बाहेक अन्य मुद्दा छलफलको माध्यमबाट मेलमिलाप गराउने गरेको जानकारी दिनुभयो।

त्यसैगरी न्यायिक इजालास कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले वडा नम्बर ५ का सबै टोलबाट टोल बिकास संस्थाका अध्यक्ष, कटकन्दार, अघरिया र मेलमिलापकर्ता लगायतकको सहभागिता सहितको कार्यक्रम प्रभावकारी हुने भएकोले त्यै अनुसार सहभागिता गराएको बताउनुभयो। जनताले कानुन नबुझे सम्मा समाजमा बाद विवादको संख्या नघट्ने भन्दै कानुन वारे सबै जानकार हुन आवश्यक रहेको बताउनुभयो।

न्यायिक इजालास कार्यक्रममा ५ नम्बर वडा सदस्यहरु निर्मला परियार, खिमा डाँगी, नरेश कुमाल चौधरी, गढवा गाउँपालिका कानुनी सल्लाहकार लुम बहादुर कार्की, न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, वडा सचिव, प्राविधिक, लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक ले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']