आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै
आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।…

