गंगाप्रसपुरमा चारदिने हेफर आधारशिला तालिम सम्पन्न 

आलोक भावुक

गढवा, २१ चैत। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चार दिने हेफर आधारशिला तालिम गढवा गाउँपालिका वडा नम्बर – ४ गंगाप्रसपुरमा सोमबार सम्पन्न भएको छ।

ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना परियोजना ब्यवस्थापन तथा अनुगमन समितिका लागि “चार दिने हेफर आधारशिला तालिम”को आयोजना गरिएको गढवा गाउँपालिका हेफर प्रोजेक्ट कार्यक्रमका संयोजक बसन्त कुमार शर्माले जानकारी दिनु भयो। गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु उद्यमशिलता परियोजनामा २०७९ पौष २६ गते हस्ताक्षर भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेफर प्रोजेक्ट गढवा गाउँपालिकाको ठुलो प्रोजेक्ट भएको र पालिकाले यो प्रोजेक्ट बाट ठुलो अपेक्षा गरेको बताउनु भयो। गढवा गाउँपालिका भित्र रहेका बेरोजगार युवा, युवती किसान लगाएतका आर्थिक अवस्था कमजोर रहेका स्थानीय बासीहरुको लागि यो कार्यक्रम ल्याईएको बताउदै यो कार्यक्रमबाट सहभागी सबैले अनिवार्यरुपमा एक एक ओटा उत्पादन मुलक कार्यक्रमको सुरुवात गर्नै पर्ने बताउनुभयो।

कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन हेफर परियोजनाले निकै महत्वपूर्ण भुमिका खेल्ने र गढवा गाउँपालिकाले आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने अध्यक्ष पोख्रेलले बताउनुभयो।

 

त्यसैगरी कार्यक्रममा बोल्दै ४ चार नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरीले चार दिने हेफर आधारशिला तालिममा सिकेका कुरा व्यवहारमा लागु गरे कुनैपनि कुरा कमी नहुने बताउनु भयो । चार दिने उत्साह पूर्वक उपस्थितिले नयाँ आशा पलाएको बताउदै कुनै जाती धर्म पेशा राजनीतिक भन्द्आ माथी उठेर निष्पक्ष रुपमा कार्यक्रम कार्यान्वयन गर्न अनुराेध समेत गर्नु भयो ।

चार दिने तालिम समापन कार्यक्रम नव ज्योति उध्धमी महिला समूहकी अध्यक्ष सिता न्योपानेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् ४नम्बर वडा अध्यक्ष हरिभगत चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उध्दमशिल विकास संयोजक कैलाश चौधरी, प्राविधिक संयोजक अपिल शर्मा, सहभागीको तर्फ बाट पुष्पा थापा र अनिता खत्री क्षेत्रीले लगाएतकाले बोल्नु भएको थियो ।कार्यक्रमको सहजिकरण सामुदायिक सहजकर्ता बाबु राम यादवले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID