गढवासहित १० वटै पालिकामा नेविसंघद्वारा ज्ञापनपत्र
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ बैशाख । नेपाल विद्यार्थी संघले जिल्लाका १० वटै स्थानीय तहमा गुणस्तरीय शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेविसंघको स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा पनि ज्ञापनपत्र बुझाइएको हो ।

जिल्लाको शैक्षिक अवस्थाको निगरानी र शैक्षिक सुधार गर्ने उद्देश्य सहित सबै स्थानीय तहमा ज्ञापन–पत्र बुझाईएको नेविसंघका केन्द्रीय सदस्य निरज गिरीले जानकारी दिनुभयो । गिरीको नेतृत्वमा नेविसंघको टोलीले जिल्लाको बंगलाचुली गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । ‘जिल्लाको शिक्षा सुधारका लागि स्थानीय तहलाई ध्यानाकर्षण गराउन स्थानीय तहलाई ज्ञापनपत्र बुझाइएको हो’, नेविसंघ केन्द्रीय सदस्य गिरीले भने, ‘हाम्रो यो ध्यानाकर्षणप्रति स्थानीय तह गम्भीर बनेको अवस्था छ, पक्कै पनि शैक्षिक सुधारमा उहाँहरूले थप भूमिका निर्वाह गर्नुहुने छ ।’

नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले नेविसंघले शैक्षिक सुधारका लागि गरेको यो खबरदारीले जिल्लाको शैक्षिक सुधारमा टेवा पुर्याउने बताए । उनले जिल्लाका सबै स्थानीय तहमा पुगेर नेविसंघका प्रतिनिधिले ज्ञापनपत्र बुझाएको पनि बताए । ‘जिल्लाको शिक्षाको गुणस्तरियातालाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा गरिएको यो सचेतनासँगै स्थानीय तहलाई गरिएको खबरदारी पनि हो’, नेविसंघका जिल्ला अध्यक्ष पोख्रेलले भने, ‘जिल्लाका १० वटै पालिकामा नेविसंघका प्रतिनिधि खटिएर ज्ञापनपत्र बुझाउने र शैक्षिक अवस्था सुधार्नका लागि आग्रह गर्ने काम भएको छ ।’ अध्यक्ष पोख्रेल नेतृत्वको नेविसंघको टोलीले राजपुर गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

यसैगरी घोराही उपमहानगरपालिकामा आकाश भण्डारीको नेतृत्वमा, तुलसीपुर उपमहानगरपालिकामा शिवराज खनालको नेतृत्व, लमहीमा समिर केसीको नेतृत्व, बबई गाउँपालिकामा अर्जुन भट्टराईको नेतृत्वमा नेविसंघको टोलीले ज्ञापनपत्र बुझाएको छ । यसैगरी दंगीशरणमा घनश्याम घिमिरेको नेतृत्वमा, गढवामा रणबहादुर खड्काको नेतृत्व, राप्ती गाउँपालिकामा अम्रेशकुमार यादवको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ ।

लमहीको तरूलियामा आगलागी, एक जनाको जलेर मृत्यु
शिवु खनाल

दाङ, ६ बैशाख। आगलागि हुदा दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षिय बिरबहादुर बाेटेकाे मृत्युु भएको छ । दुई घर र एक गाेठ जलेर नष्ट भएको छ ।

बिहीबार बेलुका ५ बजे जितबहादुर बाेटेकाे घरबाट फैलिई नजिकै रहेको बिरबहादुर बाेटे र एक गाेठ जलेर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहिवार केटाकेटी सलाईसंगै खेल्ने क्रममा घरमा एक्कासी खरकाे छानाेले छाएकाे जितबहादुर बाेटेकाे घरमा आगलागि भएको थियोे । साेहि क्रममा घरमा रहेको सामान बचाउने क्रममा बिरबहादुर बाेटे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । आगो स्थानिय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा नियन्त्रण लिने प्रयास भइरहेको छ ।

आगलागिबाट करिब एक लाख भन्दा बढिकाे इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

लमही र गढवाकाे दमकलकाे सहयोगमा आँगाे नियन्त्रणका लागि प्रयास गरेतापनि आँगाे नियन्त्रण भने अझैसम्म आउन सकेको छैन । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।।

जेसीज सप्ताहको सान्दर्भिकता र महत्व
सविन प्रियासन

दाङ, ४ बैशाख। त्रिभुवन नगर जेसीज दाङकै अव्वल सामाजिक संघसंस्थाहरुमा पर्दछ । विशेष गरी युवाहरुलाई सामाजिक अभियानमा सक्रिय बनाउन सफल त्रिभुवन नगर जेसीजले यतिबेला जेसीज सप्ताह अन्तगर्तका कार्यक्रमहरु गरिरहेको छ ।

हरेक वर्ष वैशाख १ गते जेसीजले सातदिनसम्म सिर्जनसिल कार्यक्रमहरुसहित जेसीज सप्ताह मनाउने गर्दछ । जेसीजको सांगठनिक जीवनमा यो सप्ताह व्यापी कार्यक्रम अत्यन्त महत्वपूर्ण मानिन्छ । जेसीज सप्ताहमा औपचारिकतामा मात्र सिमित हुने कार्यक्रमहरु नगरेर समाजमा दिर्घकालिन महत्व राख्ने किसिमका कार्यक्रमहरु हुँदै आएका छन्, सामाजिक चेतना बृद्धि गर्ने, मानवीय सेवा, समाज सेवा, खेल, बौद्धिकता प्रर्दशन, रक्तदान, विभिन्न किसिमका सहयोग, अनि छलफल अन्र्तक्रियालगायतका थुप्रै कार्यहरु सप्ताहव्यापीरुपमा हुने गर्दछ ।

जेसीज आफैमा सम्मानित संस्था भएका कारण यसले आयोजना गर्ने सबै खाले कार्यक्रमहरुले समाजमा केही न केही सकारात्मक योगदान पु¥याउँदै आएको छ । जेसीज युवाहरुको बाक्लो उपस्थिति रहेको संस्था हो । जेसीजमा संलग्न भएका सबै जसो व्यक्तिहरु यतिबेला कुनै न कुनै काम विशेषसँग जोडिएको देख्न सकिन्छ ।

स्वदेशमै रहेर केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने ठूलो पंक्ति जेसीजमा आबद्ध छ । यस हिसाबले भन्नु पर्दा जेसीजले आउँदा दिनहरुमा कसरी उच्च मनोभावनाका साथ स्वदेशमै कर्म गर्ने माहोल सबै युवा अनि समुदायलाई बुझाउने किसिमका कार्यक्रमहरु पनि गर्नुपर्छ ।

त्रिभुवन नगर जेसीजले समाजमा स्थापित हुन सक्ने जनशक्ति समेत उत्पादन गर्ने कार्यमा आफुलाई समाहित गरेकारले यसका गतिविधिहरु सिर्जनशील हुनु भनेको समाजलाई लाभ हुनु हो । मुलुकमा स्थापित हुन खोजि रहेको खराब सोँच र चिन्तनलाई पाखा लगाउनका लागि पनि जेसीजले आफुलाई सक्रिय बनाई रहनुपर्छ ।

त्रिभुवन नगर जेसीजले नयाँ वर्षको अबसरमा आयोजना गरेको जेसीज सप्ताह भव्यरुपमा सम्पन्न हुन सकोस्, जेसीजलाई हार्दिक शुभकामना ।

गढवासहित १० वटै पालिकामा नेविसंघद्वारा ज्ञापनपत्र
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ बैशाख । नेपाल विद्यार्थी संघले जिल्लाका १० वटै स्थानीय तहमा गुणस्तरीय शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेविसंघको स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा पनि ज्ञापनपत्र बुझाइएको हो । जिल्लाको शैक्षिक अवस्थाको निगरानी र शैक्षिक सुधार…

लमहीको तरूलियामा आगलागी, एक जनाको जलेर मृत्यु
शिवु खनाल

दाङ, ६ बैशाख। आगलागि हुदा दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षिय बिरबहादुर बाेटेकाे मृत्युु भएको छ । दुई घर र एक गाेठ जलेर नष्ट भएको छ । बिहीबार बेलुका ५ बजे जितबहादुर बाेटेकाे घरबाट फैलिई…

जेसीज सप्ताहको सान्दर्भिकता र महत्व
सविन प्रियासन

दाङ, ४ बैशाख। त्रिभुवन नगर जेसीज दाङकै अव्वल सामाजिक संघसंस्थाहरुमा पर्दछ । विशेष गरी युवाहरुलाई सामाजिक अभियानमा सक्रिय बनाउन सफल त्रिभुवन नगर जेसीजले यतिबेला जेसीज सप्ताह अन्तगर्तका कार्यक्रमहरु गरिरहेको छ । हरेक वर्ष वैशाख १ गते जेसीजले सातदिनसम्म सिर्जनसिल कार्यक्रमहरुसहित…

भिडियो

भालुवाङ, ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा सञ्चालन भइरहेको राप्ती डान्स आइडल २०८० फाइनलमा प्रवेश गरेको छ ।

गत पुस २७ गते देखि सुरु भएको आइडल शनिवार देखि सेमिफाइनल पार गरि आइतबार देखि फाइनल अडिसन सुरु हुन लागेको आइडल संयोजक तथा प्रमुख निर्णयक दिपक बर्माले जानकारी दिएका छन् । १५ जनाबाट सुरु गरिएको अडिसनमा ११ जनालाई पछि ४ जना फाइनल राउण्डमा प्रवेश गरेका छन् । फाइनल राउण्डका लागि कोड नं. ००२ रहेकी स्मृति थापा, कोड नं. ००३ रहेकी अस्मिता ग्रुप, कोड नं. ००५ रहेकी अर्चना नेपाली र कोड नं. ०१० रहेकी अर्निमा तमाङले प्रतिस्पद्धा गर्ने छन् ।

उनीहरुको मुल्याङकन निर्णायक र भोटिङबा हुने आइडल संयोजक तथा प्रमुख निर्णयक बर्माले बताएका छन् । फाइनल आइडलको प्रमुख निर्णयकमा गायिका तथा मोडेल प्रभा राई रहने छिन् भने अन्य निर्णयकमा आइडल संयोजक दिपक बर्मा र सहसंयोजक सुरेश पन्थी रहने छन् । माघ ८ गते अडिसनको फाइनल हुने छ । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार रहेको बताइएको छ ।

खेलकुद

सहकारी सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, १७ चैत्र । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा ६७औं राष्ट्रिय सहकारी दिवशको अवसरमा गढवामा क्रियाशील सहकारीहरु संस्थाका सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता सनिवार गढवामा सम्पन्न भएको छ। सञ्चालक समिति सहित कर्मचारीहरुको…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम
आलोक भावुक

गढवा, २७ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको आईतवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।…

गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई
तुल बहादुर कवँर मगर

देउखुरी २७,फागुन ।दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै…

गढवा गाउँपालिकाले मनाईयो ११४औं अन्तर्राष्ट्रिय महिला दिवस,
आलोक भावुक

गढवा, २४ फागुन। महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरु गरी मनाएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तथा कार्यापालिका…